केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाई काटेको आरोपमा तीन अभियुक्त पक्राउ

सहयात्रा टिभी

स्याङ्जा । जेठ–९, मंगलबार स्याङ्जाको चापाकोट नगरपालिका–२ चिर्केथुम्कामा गाई काट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार स्थानीयले दिएको सुचना अनुसार गाई काट्दै गरेको अवस्थामा मासुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चापाकोट नगरपालिका–३ का ४३ वर्षीय लालबहादुर नेपाली, ५० वर्षीय मंगलबहादुर नेपाली र ३६ वर्षीय अनिलकुमार नेपाली रहेको वडा प्रहरी कार्यालय, वालिङले जनाएको छ । पक्राउ परेकालाई अदालतबाट ६ दिनको म्याद थपि थप अनुसन्धान अगाडि बढाइएको छ ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्