केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह भएको १५ मिनेट नवित्दै सम्बन्ध विच्छेद

सहयात्रा टिभी

एजेन्सी । जेठ–१०, दुबईमा विवाह भएको १५ मिनेट नवित्दै विवाहित जोडिले सम्बन्ध विच्छेद गरेका छन् । शरिया न्यायालयमा विवाह भएको १५ मिनेट मै सम्बन्ध विच्छेद भएको खबर दुबईको ‘गल्फ न्यूज’ नामक अखबारमा छापिएको छ ।

विवाह हुनु अघि बेहुला पक्षले बेहुलीको परिवारलाई २० हजार पाउण्ड डलर दिने सर्त राखिएको थियो । उक्त सर्त अनुसारको कुरा नमिलेपछि बेहुला बेहुलीले सम्बन्ध विच्छेद गर्नु परेको हो ।

विवाहको क्रममा बेहुला पक्षले बेहुलीका पितालाई सर्त अनुसारको आधा रकम बुझाएको थियो । बाकिँ रकमको लागी बेहुलीका पिताले कुरा राख्दा बेहुला पक्षले पार्किङ गरेर राखिएको कारमा रकम भएको र त्यहीँ गएर सबै रकम बुझाउने कुरा गरेका थिए तर बेहुलीका पिताले भने रकम नपाएसम्म छोरीलाई नपठाउने भने पछि विवाह स्थल तनाव ग्रस्त भएको थियो ।

बेहुलीका पिताले गरेको यस्तो व्यवहारले आफुहरुको अपमान भएको भन्दै दुलाहा पक्षले तत्काल सम्बन्ध विच्छेद गरेको अखबारमा बताइएको छ ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्