राष्ट्रपति भण्डारीको सम्बोधनमा संसद्‌को अपमान :भट्टराई

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१०,नयां शक्ति पार्टीका संयोजक डा.बावुराम भट्टराईले राष्ट्रपति विद्यादेवि भण्डारीबाट संघीय संसद्‌का सभामुख र अध्यक्षको अपमान भएको टिप्पणी गरेका छन ।

भट्टराईले सरकारको निति कार्यक्रम प्रस्तुत गर्ने बेलामा सम्बोधन गर्दा राष्ट्रपति भण्डारीले संसद्‌का सभामुख र अध्यक्षको अपमान भएको टिप्पणी गरेका हुन ।

संसदीय अभ्यासमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अध्यक्ष उच्चतम व्यक्ति हुन्छन् र उनीहरुको सम्मान गर्नुपर्ने उनले बताएका छन । संसद्‌मा भट्टराईले सबै सांसदहरुरुलाई स्वातन्त्र रुपमा आ–आफ्नो विचार राख्ने कुरामा हस्तक्षेप गर्न नहुने बताएका छन ।

उनले निति तथा कार्यक्रम सरकारी दस्तावेज भएकाले मर्यादापूर्ण ढंगले सम्बोधन हुनपर्ने पनि जानकारी दिएका छन । भट्टराईले संसदले बनाएको संविधानप्रति आफुलाई गर्व लागेको बताएका छन । उनले उन्नत किसिमको संविधानले तय गरेका मान्यतामा सबै रहनुपर्ने बताए।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्