केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारी टोलीले एनालग केवल अनुगमन छिट्टै नेपालगञ्ज र धनगढीवाट शुरु गर्दै

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१०, देशभर पूर्ण रुपमा एनालग केवल बन्द गरी डिजिटल प्रविधिमा रुपान्तरण गर्ने सरकारको निर्णय कार्यान्वयनमा आई काठमाण्डौं उपत्यकामा पूर्णरुपमा एनालग केवल बन्द भइसकेको छ ।

त्यस्तै, आगामी असारसम्म देशभरका सबै एनालग टेलिभिजन बन्द गरि टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएसंगै छिट्टै सातै प्रदेशबाट अनुगमन शुरु गर्न लागेको हो ।

यसै उद्देश्य अनुरुप सरकारले उपत्यका बाहिर अनुगमन गर्ने तयारी गरिरहेको छ । सरकारले पटक पटक एनालग केवल बन्द गर्न आदेश दिएपनि केवल बन्द नभएपछि अनुगमन गर्ने तयारी गरिएको हो ।

जेष्ठ महिनाभरिमा अनुगमन कार्य सक्ने र आषाढ मसान्तबाट पूर्णरुपमा एनालग केवल बन्द गर्नका लागी सरकारले अनुगमनको तयारी गरेको र हाललाई धनगढी र नेपालगञ्जबाट अनुगमन सुरु गरिने उपसचिव विष्णु कुमारी भट्टराईले सहयात्राटीभी डटकमलाई जानकारी दिईन् ।

एनालग केवल बन्द गरि डिजिटल प्रविधिमा रुपान्तरण गर्ने आफ्नो निर्णय पुरा गर्न सरकार अघि बढिसकेको छ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गरि डिजिटाइजेशन गर्न लागिएको हो ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्