केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भूकम्पपीडितका लागि आएको दाताको सहयोगमा रेडक्रस पदाधिकारीको ब्रम्हलुट

सहयात्रा टिभी

काठमाडौं । जेठ १०, नेपाल रेडक्रस सोसाइटी भन्ने वित्तिकै तपाई हामी जो कोहीलाइ पनि लाग्न सक्छ यो एक सामाजिक उत्तरदायित्व बोकेको संस्था हो । तर अहिले आएर रेडक्रसका पदाधिकारीले नै रेडक्रस जस्तो विश्वभर फैलिएर सामाजिक कार्य गर्दै आएको संस्थाको नाम नै धुमिल बनाईदिएका छन् । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीले भूकम्पपीडितको नाममा आएको दाताको सहयोगमा ब्रह्मलुट मच्चाएको तथ्य खुलेको छ । उद्धारको लागि आएको रकम चरम दुरुपयोग गरी आफँैमा केन्द्रित गराएका रेडक्रस पदाधिकारीले पुननिर्माणमा पनि डरलाग्दो घोटाला गरेको पाइएको हो ।

रेडक्रस अध्यक्ष सञ्जीव थापा, उपाध्यक्ष अजित शर्मा, महामन्त्री देवरत्न धाँख्वा, कोषाध्यक्ष देवेन्द्र प्रधान, उपमहामन्त्री हरि न्यौपाने र कायम–मुकायम कार्यकारी निर्देशक इन्द्रबहादुर केसी मिलेर भूकम्पपीडितको नाममा आएको रकम झ्वाम पारेको एक सदस्यले बताए । उनका अनुसार सबै पदाधिकारी मिलेर करोडौँ दुरुपयोग गरेका हुन् ।

‘उद्धारको लागि आएको झण्डै १३ अर्ब सहयोगलाई स्वयंसेवक परिचालन र इक्विपमेन्ट खरिद भनेर ब्रह्मलुट मच्चाइयो, पदाधिकारी सबैले करोडौँ असुली गरे, पीडितलाई उद्दार भन्दा आफ्नै कोष बलियो बनाउने काम भयो,’ ती सदस्यले भने । उनका अनुसार उद्धारको नाममा १३ अर्ब र रिकभरी (पुनर्निर्माण) का लागि ६ अर्ब दाताले सहयोग गरेका थिए ।

१० लाखमा बनेको स्वास्थ्य चौकी भवनको खर्च देखाइयो ३० लाख, अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा संस्थागत घोटाला, जिल्लाको बजेट काटेर केन्द्रबाटै सामान खरिद गर्दा लिइयो मूल्य बढाएर ३५ प्रतिशत कमिसन

दाताको १९ अर्ब सहयोगमध्ये रेडक्रसले संस्थागत रूपमा ५ प्रतिशत एजेन्सी कष्ट राखेको थियो । जसअनुसार ९५ करोड रुपैयाँ रेडक्रसले आम्दानी गरेको छ । यति ठूलो रकम कागज मिलाएर पदाधिकारीले सकाएका छन् । ‘यति धेरै दुरुपयोग र बदमासी अन्त कतै भएको छैन, पीडितका नाममा आएको रकम दुरुपयोग गरी १८ ओटा गाडी र सय भन्दा बढी मोटरसाइकल खरिद गरिएको छ,’ रेडक्रस स्रोतले भन्यो ।

स्रोतका अनुसार पुननिर्माण हेरेको १४ जिल्लाका लागि १४ ओटा र रेडक्रस पदाधिकारीका लागि ४ ओटा गाडी खरिद गरी भूकम्पपीडितको नाममा आएको दाताको सहयोगको चरम दुरुपयोग गरिएको हो । यस्तै, पीडितले पाउने घरको रकम पनि कागज खडा गरी आफैँले लिने गरेको स्रोतले बतायो । ‘लाभग्राहीको संख्या तेब्बर देखाएर पीडितको नाममा आफँै पैसा लिएका थुप्रै उदाहरण छन, भक्तपुरमै दिइएको भन्दा तेब्बर लाभग्राहीको संख्या देखाइएको छ, अन्य जिल्लाको हकमा पनि यस्तै छ,’ भूकम्पपछि फिल्डमै खटिएका एक कर्मचारीले भने ।

दाताको १९ अर्ब सहयोगमध्ये रेडक्रसले संस्थागत रूपमा ५ प्रतिशत एजेन्सी कष्ट राखेको थियो । जसअनुसार ९५ करोड रुपैयाँ रेडक्रसले आम्दानी गरेको छ । यति ठूलो रकम कागज मिलाएर पदाधिकारीले सकाएका छन् । ‘यति धेरै दुरुपयोग र बदमासी अन्त कतै भएको छैन, पीडितका नाममा आएको रकम दुरुपयोग गरी १८ ओटा गाडी र सय भन्दा बढी मोटरसाइकल खरिद गरिएको छ,’ रेडक्रस स्रोतले भन्यो ।

रेडक्रस पदाधिकारीले स्वास्थ्य संस्थाको भवन निर्माण र तालिमको नाममा ठूलो बम्हलुट मच्चाएको अर्का केन्द्रीय सदस्यले बताए । ‘८ देखि १० लाखमा बन्ने स्वास्थ्य चौकीको भवनको खर्च ३०-४० लाख देखाइएको छ, २० लाखमा बनेका भवनको खर्च ८० लाखसम्म देखाएर पदाधिकारीले भ्रष्टाचार गरेका छन्,’ उनले भने । यस्तै, स्वास्थ्य अन्तर्गतका तालिममा कोठाभित्रै बसेर कागजी फाइल तयार पार्दै चरम दुरुपयोग भएको छ ।

‘आन्तरिक रूपमा मिलेर कन्ट्याक्ट पेपर तयार पारी पदाधिकारीले खाने गरेका छन, १० प्रतिशत काम गरेर ९० प्रतिशत फर्जी कागज बनाइएको छ,’ स्रोतले भन्यो । कतिपय जिल्लामा स्वास्थ्य चौकीको मर्मत गरेर भवन निर्माण गरेको भन्दै रकम आफूले लिएका छन् । यस्तै, जिल्ला शाखालाई छुट्टयाइएको बजेटमा समेत केन्द्रबाट सामान खरिद गरी मोटो कमिसन लिइएको छ ।

जिल्ला शाखाका लागि केन्द्रबाट खरिद गर्दा कम्तिमा पनि ३५ प्रतिशत मूल्य बढाएर मोटो कमिसन लिएको स्रोतले बतायो । रेडक्रसका कोषाध्यक्ष देवेन्द्र प्रधान भने गाडी खरिददेखि सामान खरिदसम्म दाताकै इच्छाअनुसार आफूहरूले काम गरेको दाबी गर्छन् । ‘सबै काम दाताको इच्छाअनुसार भएको छ, गाडी खरिद पनि दाताले नै आफ्नो सहयोगकै सूचीमा राखेर गरिएको हो,’ प्रधानले भने ।

उनले भूकम्पपीडितका नाममा आएको सहयोग पदाधिकारीले विभिन्न शीर्षक बनाएर लिएको र हालसम्म कति भवन बनाइयो भन्ने विषयमा भने बुझ्नुपर्ने बताए । ‘फरक फरक डोनर छन, उनीहरूले काम गरिरहेका छन्, कति स्वास्थ्य चौकी बन्यो ? कति घर बने भन्ने विषयमा जानकारी लिन बाँकी छ, भोलि कार्यालय समयमा लिएर भन्न सकिन्छ,’ सौर्यसँग कोषाध्यक्ष प्रधानले भने ।

अध्यक्ष थापाले भूकम्पपछि विदेश भ्रमणसमेत गरी ६० लाख ४४ हजार, उपाध्यक्ष अजित शर्माले १९ लाख १९ हजार, महामन्त्री धाँख्वाले १६ लाख ३९ हजार, कोषाध्यक्ष प्रधानले २१ लाख २४ हजार, उपमहामन्त्री हरि न्यौपानेले २२ लाख ४४ हजार रुपैयाँ गैरकानुनी भुक्तानी लिएको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । पीडितको पेटमा लात हानेर असुली गरेको पदाधिकारीले त्यसको करसमेत तिरेका छैनन् ।

रेडक्रसमा बसेर चरम दुरुपयोग गरेका थापासहितका पदाधिकारीले आफ्नो बदमासी अरूलाई जानकारी नहोस् भनेर नयाँ सदस्य प्रवेश गर्नै नपाउने र अध्यक्षलगायतका पदाधिकारी आफूहरूबाहेक अरू आउनै नसक्ने गरी विधानमै सिन्डिकेट लगाइसकेका छन् । सौर्य दैनिक

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्