डेटिङ कक्षा सञ्चालनमा आएपछि
एजेन्सी । जेठ–१०, चिनमा एक यस्तो विद्यालय खोलिएको छ जहाँ डेटिङ कक्षा सञ्चालन गरिन्छ ।
बेइजिङका यी कुई उर्फ मोका ‘म्याजिक कार्ड’ले डेटिङ स्कूल र कोचिङ कक्षा संचालन गर्दै आएका छन् ।
यस स्कुलमा पुरुषहरुलाई आफु प्रति महिलाहरुलाई आकर्षित पार्न आवश्यक कुराहरु सिकाइने गरिन्छ । स्कुलका सञ्चालक कुईका अनुसार उनको स्कुलमा विषेश गरेर २३ वर्षदेखि ३३ वर्षसम्मका पुरुषहरु कक्षा लिन आउने गर्छन् ।
सबैभन्दा कम उमेरका १९ वर्षका युवक देखि ५१ वर्षका पुरुषसमेत यस स्कुलमा महिलालाई आकर्षित पार्ने कला सिक्न आउने गरेका छन् । यहाँ पुरुषहरुलाई महिलाहरुलाई प्रभावित पार्ने कला सिकाइनुका साथै पुरुषहरुको मेकअप गर्ने उनीहरुको राम्रा राम्रा फोटो खिचाएर सामाजिक सञ्जालहरुमा राखिने गरिन्छ ।
यस डेटिङ स्कुलमा गई लभ र डेटिङ बारेमा आफुलाई उत्कृष्ठ बनाउन चाहनेहरुले प्रति महिना ४ हजार ५ सय डलर तिर्नु पर्ने हुन्छ । यसको कक्षा इन्टरनेटबाट पनि लिन सकिन्छ । इन्टरनेटबाट कक्षा लिनेले प्रति महिना ३० डलर तिर्नु पर्छ ।