केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यान्मारबाट नागरिक विस्थापन रोकिएन

सहयात्रा टिभी

एजेन्सी । जेठ–१०, उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम रोकिएको छैन । विगतका केही महिनादेखि उक्त क्षेत्रमा जातीय विवाद चर्किएको छ ।

सेनाले ती उत्तरी क्षेत्रहरुमा अहिले पनि धरपकड जारी नै राखेको र यसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण, स्थानीय नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यान्मारको कचिन राज्यमा केही महिनायता देखि नै सानातिना झडपहरु भएका छन् र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएका छन् ।

झडपका घटनाका कारण विस्थापित करिब १६ हजार नागरिक र आन्तरिकरूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ८० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म करिब एक लाख सर्वसाधारण विस्थापित भएका छन् ।

स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएको इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन् ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्