केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्याग्दीमा एक महिलासहित जुवाखालबाटै १४ जना पक्राउ

सहयात्रा टिभी

म्याग्दी । जेठ–११, म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ ।

बिहीबार विभिन्न स्थानमा प्रहरीले छापा मार्ने क्रममा जुवाखालबाटै एक महिलासहित १४ जनालाई पक्राउ गरेको हो । उनीहरुको नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जानकारी दिएको छ ।

हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले गैरकानूनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन। प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई अगाडि बढाएको छ ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्