केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कलाकारदेखि पत्रकार र समलिङ्गीसम्मलाई र्‍याम्पमा

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–११, फेसियल हाउसको आयोजनामा जेठ ११ गते आज ‘फेसियल हाउस फेशन ट्रेड सिजन टू’ हुँदै छ । फेसियल हाउसले यस पटक चर्चित कलाकार, गायकगायिकाहरुका साथै तिनै कला क्षेत्रको समाचार पस्किने पत्रकारहरु, समलिङ्गी व्यक्तिहरु लगायतलाई र्‍याम्पमा उतार्नेछ ।

समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजेको फेसियल हाउस संचालिका सुष्मा महराले बताइन् ।

फेसन ट्रेडमा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रवारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका पत्रकारहरुलाई पनि र्‍याम्पमा उतार्न लागिएको छ । पत्रकारलाई ¥याम्पमा उतारिएको यो घटना पहिलो हो ।

यसैगरी अभिनेत्री करिष्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्यलगायत, मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, अभिनेताहरु आमेश भण्डारी, यशराज गराच लगायत, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम र्‍याम्पमा उत्रनेछन् ।

मान्छेहरुको उचाई, लम्बाई र चौडाईमात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउनका लागि र पहिरन राम्रो भएर मात्रै हुँदैन, त्यो अनुसारको मेकअप र हेयर डिजाइन गर्दा मात्रै राम्रो देखिन्छ भन्ने दर्शाउनका लागि पनि यो फेसन ट्रेडको आयोजना गरिएको फेसियल हाउस संचालिका सुष्मा महराले बताइन् ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्