केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपिएलको फाइनलमा रुपन्देही–११

सहयात्रा टिभी

रुपन्देही । जेठ–११, रुपन्देही–११ प्रिमियर लिग (केपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले हराउँदै रुपन्देही केपीएलको फाइनलमा प्रवेश गरेको हो ।

१ सय ७३ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको मध्यपश्चिम २० ओभर खेल्दै १ सय ४६ रनमा अलआउट हुन पुग्यो । उसका लागि कप्तान सुवेन्दु पाण्डेले सर्वाधिक ४५ रन जोडे। त्यस्तै, प्रनित थापाले २०, सिद्धान्तराज शाहीले १९ र आकाश विष्टले १२ रन बनाएका थिए ।

टस जितेर मध्यपश्चिमले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको रुपन्देहीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन जोड्यो । उसका लागि सन्दीप सुनारले ५०, बसिर अहमदले ४६, शंकर रानाले ३५ र निश्चल चौधरीले २२ रनको योगदान दिए ।

बलिङतर्फ रुपन्देहीका विकास श्रेष्ठ र सन्दीप सुनारले ३/३ तथा विक्रम भुसालले २, शक्ति गौचन र कृष्ण कार्कीले १/१ विकेट लिए । रुपन्देहीका सन्दीप सुनार म्यान अफ दि म्याच भए ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्