केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटको उपाधी आर्मीले हात पार्यो

सहयात्रा टिभी

सुर्खेत । जेठ–१३, सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) क्रिकेटको उपाधी आर्मीले हात पारेको छ । केपिएलको फाइनल खेलमा रुपन्देही ११ लाई ३७ रनले पराजित गर्दै आर्मीले जित हात पारेको हो ।
खेलको अन्तिम दिन फाइनलमा टस हारेर ब्याटिंग गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३२ रनको योगफल तयार पा¥यो । आर्मीको लागि ओपनर सागर पुनले सर्वाधिक ३८ रन योगदान दिन ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।यस्तै विनोद भण्डारीले २८ तथा राजेश पुलामीले २२ रन बनाए ।
रुपन्देहीका बलर बिकाश श्रेष्ठले सर्वाधिक ३ विकेट लिन ४ ओभरमा २१ रन खर्चिए । बसिर अहमद, बिक्रम भुसाल र सन्दिप सुनारले समान एक/एक विकेट लिए । दोस्रो इनिंगमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही–११ ले १७.५ ओभरमा ९५ रनमै सबै विकेट गुमायो ।

जित सहित आर्मिले ३ लाख नगद र उपविजेता रुपन्देही ११ ले १ लाख ५० हजार प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका रुपन्देही–११ का सन्दिप सुनार २५ हजार प्राप्त गरे । उत्कृष्ट ब्याट्सम्यान घोषित भएका आर्मीका सागर पुन तथा उत्कृष्ट बलर रुपन्देहीका कृष्ण कार्कीले जनही दश/दश हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्