केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेष घले अष्ट्रेलियाका धनाढ्यको सुचिमा ८१ औँ नम्बरमा

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१३, गैरआवसिय नेपाली शेष घले र उनकी श्रीमती अष्ट्रेलीयाका धनाढ्यहरुको सुचिमा ८१ औँ नम्बरमा चढेका छन् ।

पछिल्लो एक वर्षमा २३ करोड डलर वृद्धि गर्दै गत वर्ष १०१ औं स्थानमा रहेका घले सम्पत्ति यो वर्ष ८१ औँ स्थानमा उक्लिन सफल भएका हुन् ।

गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलर थियो । एक वर्षमै उनीहरुले झण्डै ३५ प्रतिशतले सम्पत्तिमा वृद्धि गर्दै यस वर्ष सार्वजनिक गरेको सन् २०१८ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा परेका छन् ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्