भाडामा प्रेमिका लिएर सपिङ कम्प्लेक्स घुम्न पाइने

सहयात्रा टिभी

एजेन्सी । जेठ–१३, चीनमा भाडामा प्रेमिका पाउने व्यवस्था गरिएको छ । महिलाको भन्दा पुरुषको संख्या बढि भएको देश चीनमा पुरुषहरुले विवाहको लागी समेत महिला पाउन मुस्किल परिरहेको अवस्थामा पुरुषहरुको एक्लोपनलाई हटाउन उक्त व्यवस्था गरिएको हो ।

गुआङ्गडोङ्ग प्राप्तको ह्युआन सहरको ‘दि भिटालिटी सिटी सपिङ्ग कम्प्लेक्स’ मा भाडाका प्रेमिका बन्न तयार युवती लस्करै उभिएका हुन्छन् ।

पोडियममा उभिएका ती युवती कुनै पनि पुरुषसँग भाडामा प्रेमिका बन्न तयार हुन्छन् । भाडामा लगीने युवतीहरुलाई कम्तिमा २० मिनेटको नेपाली १७ रुपैँया तिरेर मात्र लान पाइन्छ । २० मिनेट भन्दा बढि समय राख्न चाहेमा सोहि अनुसारको रकम तिर्नु पर्ने हुन्छ ।

युवतीको अनुमति वा मन्जुरीविना उक्त कम्प्लेक्स भन्दा बाहिर उनलाई लान र छुन पनि पाइन्दैन । भाडामा लिइएकी युवतीसँग उक्त पुरुषले सपिङ कम्प्लेक्स भित्र घुम्न, कुरा गर्न सक्ने छन् । एक्लोपन महसुस गर्ने युवाहरुमा देखिने समस्यालाई ध्यानमा राखि उनीहरुको लागी यो सेवा सुरु गरिएको हो ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्