केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्रिपरिषद्‌मा बालकृष्ण ढुंगेलको कैद माफी प्रस्ताव

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१३, जन्मकैदको सजाय पाएका तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाकी जेलको माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ । ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृहमन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएको हो ।

नेपालको कानुन अनुसार जन्मकैद सजाय अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ । कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैशाखमै ८ वर्ष पुगिसकेको छ । २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ ।

त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्यविधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो । गत २०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।

कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ । सोही प्रावधान अनुसार ढुंगेललाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो ।

कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ । कर्तव्य ज्यान मुद्दालाई पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ । जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्