केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएलको उपाधि चेन्नाईले हात पा¥यो

सहयात्रा टिभी

एजेन्सी । जेठ–१४, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले हात पारेको छ । आइतबार राति वानखेडे मैदानमा भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले उपाधि हात पार्न सफल भएको हो । 

टस जितेर चेन्नाईका कप्तान महेन्द्र सिंह धोनीले फिल्डीङ गरेका थिए । पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८.३ ओभरमा हासिल गर्‍यो ।

आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनले सतकीय पारी खेले । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ५७ बलमा ११७ रन बनाए । वाटशनले पारिमा ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए । एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।

बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक/एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले ।

बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक/एक विकेट लिए ।

उपाधि सहित चेन्नाईले २० करोड भारु हात पारेको छ । अघिल्ला दुई संस्करण नखेलेको चेन्नाइले योपटक फाईनल जितेको हो । चेन्नाईले ९ संस्करणमा यो तेस्रोपटक फाईनल जितेको हो । चेन्नाईले २०१० र २०११ मा फाईनल जितेको थियो ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्