केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अमेरिकी अधिकारीहरु वार्ताको तयारीका लागि उत्तर कोरियामा

सहयात्रा टिभी

एजेन्सी । जेठ–१४, उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पवीच हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु उत्तर कोरिया पुगेका छन् ।

आउँदो जुन १२ मा सिंगापुरमा हुने भनिएको वार्ताको तयारीका लागी दुवै पक्षले आन्तरिक तयारी गर्नुको साथै अमेरिकी अधिकारीहरु उत्तर कोरिया  पुगेका हुन् ।

अमेरिकी अधिकारीहरु वार्ताको लागी आवश्यक कुराकानी गर्न उत्तर कोरिया पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टुवीटर मार्फत जानकारी दिएका हुन् ।

उनले ट्वीटमा उत्तर कोरियाको निकै प्रसंशा गर्दै भनेका छन्, ‘मेरो अनुभवका आधारमा भन्दैछु कि उत्तर कोरियासँग आफ्नो देशको सम्पन्नताका लागि निकै ठूलो अवसर छ र यसबाट उसको अभूतपूर्व परिवर्तन हुन सक्छ ।’

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्