सुनको मुल्य घट्यो, चाँदीको मुल्य स्थिर

काठमाण्डौं । जेठ–१४, आज, सोमबार सुनको मुल्य घटेर कारोबार भइरहेको छ भने चाँदीको मुल्य स्थिर छ ।
सुनको मुल्य अघिल्लो दिनको तुलनामा रु २०० ले घटेर कारोबार भइरहेको सुन चाँदि व्यवसाही महासंघले जनाएको छ ।
अघिल्लो दिनमा ५८ हजार ९०० ले कारोबार भइरहेको सुनको मुल्य रु २०० ले घटि आज ५८ हजार ७०० मा कारोबार भएको हो । तेजावी सुन भने तोलामा ५८ हजार ४०० ले कारोबार भइरहेको छ ।
चाँदीको मुल्य भने स्थिर रही आज ७७० प्रतितोलाको दरले चाँदीको कारोबार भइरहेको सुन चाँदी व्यवसाहि महासंघले जानकारी दिएको छ ।