केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानिय तहमा सोलार प्लान्टको स्थापना गरिने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१४ आगामी आर्थिक वर्ष २०७५ र ०७६ को बजेटमा सरकारले हरेक स्थानीय तहमा सोलार प्लान्टको स्थापना गर्ने भएको छ । त्यसबाट सिँचाइ तथा खानेपानीको प्रवन्ध गर्नेका लागि सोलार प्लान्टको योजना बनाएको हो । 

केन्द्र सरकारले त्यस्तो आयोजनामा च्यालेन्ज फन्ड मार्फत ५० प्रतिशत लगानी गर्ने र स्थानीय तहले सोलार प्लान्टमा ५० प्रतिशत लगानी गर्नुपर्ने भएको छ । खानेपानी तथा सिचाइ आयोजनामा राष्ट्रिय प्रसारणलाइनको विद्युतिय पनि जोडिने बताइएको छ ।

स्थानीय तहको आवश्यकता अनुसार १ सय देखि ५ सय किलोवाटसम्मका सोलार प्लान्ट स्थापना गर्ने सरकारको योजना रहेको छ । उक्त आयोजनाबाट प्रसारणलाइनमा आएको विजुलीको पैसा प्राधिकरणले भुक्तन गर्ने भएको हो । अहिले विद्युत् महशुलका कारण खानेपानी तथा सिचाँइका आयोजना सञ्चालन गर्न कठिनाई भएको स्रोतले बताएको छ ।

सरकारले यो वर्ष स्थानीय क्षेत्रमा सोलारलाई प्राथमिकतामा राख्दै खानेपानी र सिचाईलाई सहज बनाउने योजना बनाएको हो । केन्द्र सरकारको ५० प्रतिशत लगानीमा बनेको आयोजनाको बिजुली स्थानीय स्तरको सडक उज्यालो बनाउन समेत प्रयोग गर्न सकिने बताइएको छ । यस कार्यक्रमबाट कम्तीमा २ सय मेगावाट सौर्य विद्युत उत्पादन गर्ने सरकारले योजना बनाएको छ ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्