केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जुँगा पालेर नै मासिक रुपमा रकम बुझ्दै

सहयात्रा टिभी

दाङ । जेठ–१४, घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक रुपमा रकम बुझ्दै आएका छन् ।

दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीले तुलसीपुर निवासी पूर्ण भण्डारीबाट मासिक रु २५० प्राप्त गर्छन् । निर्माण व्यवसायी भण्डारीले बैंकमा आफु आइरहँदा बुढाथोकीको लोभलाग्दो जुँगा देखेर मन परेकाले प्रोत्साहन स्वरुप मासिक रुपमा रकम दिन थालेको बताउँछन् ।

२०६२ सालबाट जुँगा पाले बापत नै रकम प्राप्त गर्दै आएका बुढाथोकीले सुरुमा भण्डारीबाट रु ५० प्राप्त गर्थे भने प्रत्येक वर्ष उनको मासिक रकममा वृद्धि भई हाल उनले मासिक रुपमा २५० प्राप्त गर्छन ।

मासिक रुपमा यसरी प्राप्त रकमलाई जुँगाको स्याहा र संरक्षणकै लागी खर्च गर्ने गरेको बुढाथोकीको भनाइ छ ।

साथै उनी आफ्नो जुँगा देखेर मन पराई आफुलाई मासिक रुपमा रकम समेत प्रदान गरेको देखेर आफु खुसी र उत्साहित भएको महसुस गर्छन् ।

उता रकम दाता भण्डारी भने आफु बाँचुन्जेल सम्म बुढाथोकीलाई रकम प्रदान गरिरहने र प्रत्येक वर्ष सकेसम्म मासिक रुपमा प्रदान गरिने रकममा वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गर्छन् ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्