केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोःमो माग्दा छोरालाई नहरमा फालिदिए बाबुले

सहयात्रा टिभी

एजेन्सी । जेठ–१४, शनिबार भारतको दिल्लीमा छोराले मोःमो मागेको निहुँमा एक बाबुले छोरालाई नहरमा फाली हत्या गरेका छन् । ६ वर्षका अयानले मोःमो खान जिद्दि गरेपछि उनका बाबु संजयले रक्सीको मातमा उनलाई आगराको नहरमा फालिदिएका हुन् ।

बच्चालाई नहरमा फालेको स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । शनिबार रातभर गोताखोर र दमककर्मीले मिलेर बच्चालाई खोज्दा पनि उनलाई भेटाउन सकेनन् ।

आइतबार मात्र अयानको सव फेला परेको थियो । प्रहरीका अनुसार संजय विरुद्ध हत्याको मुद्दा चलाइएको छ । संजयका तीन सन्तान मध्ये अयान कान्छा छोरा हुन् ।

संजयको खराब बानिका कारण उनकी श्रीमतीले पहिले नै छाडेर गएकी थिइन् । उनका तीन वटै सन्तान हजुरआमा र उनीसँग बस्दै आएका थिए ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्