केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्थानिय जनतालाई सुसुचित गर्न सूचना प्रविधि केन्द्र स्थापना

सहयात्रा टिभी

धनगढि । जेठ–१४, प्रदेश नं. ७ को धनगढि उपमहानगरपालिकामा सूचना प्रविधि केन्द्रको स्थापना भएको छ । सोमबार सेसी नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा धनगढि उपमहानगरपालिकामा सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो ।जनतालाई सुसूचित गर्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

अब उपमहानगरपालिकाले उपलब्ध गराउने सबै सेवासुविधा घरमै बसि बसि थाहा पाउन सकिने र सबै वडा अध्यक्षहरुलाई प्रत्येक दिन आधा घण्टा भएपनि सुचना प्रविधिको प्रयोग गर्न र वडाबासिलाई पनि यस बारे जानकारी दिन मेयर नृप ओडले आग्रह गरेका छन् ।

सुचना प्रविधिको स्थापना गर्नमा सहयोग गर्ने संस्था सेसी नेपालका गभरनेन्स एडभाईजर विनोद उपाध्यायले यो प्रविधिले उपमहनगरपालिकाको सम्पूर्ण गतिविधिहरु हेर्न, डाउनलोड गर्न र सल्लाह सुझाव दिन सकिने भएकाले यसलाई भरपुर प्रयोगमा ल्याउन आग्रह गरेका छन् ।

प्रकाशित : 28 May, 2018

प्रतिक्रिया दिनुहोस्