केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लिभरपुलका गोलकिपर लोरिस कारियसलाई ज्यान मार्ने धम्की

सहयात्रा टिभी

एजेन्सी । जेठ–१५, च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका गोलकिपर लोरिस कारियसको गल्तिका कारण रियल म्याड्रिडले खेल आफ्नो पक्षमा पारेपछि कारियसलाई सामाजिक सञ्जालहरुमा गालि सहित ज्यान मार्ने धम्कि आएको छ ।

च्याम्पियन्स लिगको फाइनल खेलमा कारियसको गल्तिका कारण रियल म्याड्रिडले खेल ३–१ ले जितेको थियो ।

खेल सकिएपछि कारियसले मैदानमै रुँदै समर्थकहरुसँग माफि समेत मागेका थिए र आफु पनि खेलमा भएको घटनाको कारण दुखी भएको जनाएका थिए । उनले सामाजिक सञ्जालमा समेत आफुबाट गल्ति भएकोमा माफि माग्दै आफु पनि खेल पछि तनाव ग्रस्त रहेको र राम्ररी सुत्न समेत नसकेको जानकारी गराएका थिए ।

तर सामाजिक सञ्जालहरुमा उनी विरुद्ध अत्यन्तै नराम्रा गाली र व्याङ्ग्यहरु भने वर्षि रहेका छन् । उनलाई सामाजिक सञ्जालमा गाली सहित ज्यान मार्ने धम्किी समेत दिइएको छ ।

गोलकिपर कारियसमाथि आइरहेको यस्तो कमेन्ट गाली र धम्कि प्रति प्रहरीहरु गम्भिर भएको र आवश्यक अनुसन्धान थालिएको प्रहरी प्रवक्तले जानकारी दिए ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्