केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ औ गणतन्त्र दिवस आज मनाइंदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१५,आज ११ औ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइंदै छ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि १० वर्ष पूरा भएर ११ औं वर्षमा प्रवेश गरेको छ । 

२०६४ सालको चैत्रमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा  मनाइँदै अाएकाे हो । गनतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन ।

मंगलबार बिहान एक ट्विट गर्दै उनले जन्मजात नेतृत्व र जन्मसिद्ध श्रेष्ठताको परम्परा तोडेर गणतन्त्र स्थापना गरिएको सुनौलो बिहानीमा सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका हुन ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्