केपी ओली प्रचण्ड माधव नेपाल एमाले


३० वर्षको हुँदासम्म छोराले घर नछाडेपछि बाबुआमाले हाले मुद्दा

सहयात्रा टिभी

एजेन्सी । न्यूयोर्क राज्यको क्यामिलस निवासी एक बाबुआमाले छोराले घर नछाडेको भन्दै छोरा विरुद्ध मुद्दा हालेका छन् । अभिभावक मार्क र क्रिस्टिना रोटोण्डोले छोरा माइकललाई आफ्नै बासस्थान खोजी बस्न पटक पटक आग्रह गर्दा पनि घर नछाडेपछि उनीहरुले छोरा विरुद्धमा मुद्दा हालेका हुन् ।विगत आठ वर्षदेखि अभिभावक सगैँ बस्दै आएका माइकलले घरखर्चमा पनि कुनै सहयोग नगरेको उनका अभिभावकले बताए ।

माइकललाई आत्मनिर्भर बनाउन अरु कुनै उपाय नभएपछि गत फेब्रुअरी २  देखि पटक पटक उनीहरुले माइकललाई घर छाड्ने नोटिस दिँदै आएका थिए । पटक पटकको आग्रहलाई पनि उनले वेवास्ता गरेपछि माइकलकी आमाले छोरालाई आफ्नो घरबाट हटाइ पाउँ भन्ने निवेदन दिएकी थिइन् ।

अदालतले माइकललाई बाबुआमाको घर चाँडै छाड्न निर्देशन दिएको छ । अदालतको यो निणर्यलाई माइकलले भने अपमानजनक निणर्य भएको भन्दै यस निणर्यविरुद्ध अपिल गर्ने सोचेको उनले बताएका छन् ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्