केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते

सहयात्रा टिभी

डडेल्धुरा । जेठ–१५, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा उक्त घटना भएको हो । मृतकहरुको सनाखत हुन सकेको छैन भने घाइतेहरुलाई प्रहरीले उद्दार गरि अस्पताल पठाएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत र घटनाको कारणबारे पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्