केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज वार्षिक बजेट संघीय संसदमा पेस हुँदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१५, सरकारले आज आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक बजेट संघीय संसदमा पेस गर्दैछ । आज अपराह्न ४ बजे बोलाइएको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिक बजेट पेस गर्ने छन् ।

यस आर्थिक वर्षको लागी अर्थमन्त्रालयले १५ खर्ब रुपैँयाको बजेट तयार गरेको छ ।

सामान्यतया वार्षिक वृद्धिदर २० प्रतिशत रहेकोमा यसपालि ३० प्रतिशतले वृद्धि गरी ९ खर्ब ५० अर्ब रुपैयाँ राजस्व असुली गर्ने उद्देश्य बजेटमा लिइएको छ।

आउँदो वर्ष वैदेशिक ऋण र अनुदानबाट ३ खर्ब ५० अर्ब रुपैयाँ प्राप्त गर्ने सरकारको अनुमान छ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्