केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भेदभाव गरेको आरोपमा गुरुकुल अध्यक्ष पक्राउ

सहयात्रा टिभी

दमक । जेठ–१५, झापाको भद्रपुरस्थित एक गुरुकुलका अध्यक्षलाई बालकलाई भेदभाव गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

श्रीकृष्ण द्वैपायन वेद विद्याश्रम (गुरुकूल) का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चापागाईंलाई एक बालकलाई दलित भनि भर्ना नगरेको आरोपमा आज प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेका दलित बालक विकास कार्कीडोली (दर्जी) लाई गुरुकुलका अध्यक्ष चापागाईंले भर्ना नलिएर जातिय छुवाछुत गरेका थिए ।

बालकलाई गुरुकुलमा भर्ना नलिएपछि शनिबार प्रहरीले सोधपुछका लागी गुरुकुलका शिक्षक राजन पौडेललाई नियन्त्रणमा लिएको थियो ।शिक्षक सो विषमा असम्बन्धित ठहरिएपछि उनलाई प्रहरीले छोडि गुरुकुल अध्यक्षलाई पक्राउ गरेको हो ।

अध्यक्ष चापागाईंमाथि जातिय छुवाछुत गरेको किटानी जाहेरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्