केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिनावारी सम्बन्धि विभेद हटाउन महिनावारी दिवस मनाइयो

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१५, सरकारी तहबाट पहिलोपटक खानेपानी, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका मन्त्रालयको संयुक्त आयोजनामा राजधानीमा सोमबार महिनावारी दिवस मनाइएको छ ।

‘अब अति भयो, महिनावारीका सबै सीमा तोडौं’ भन्ने नाराका साथ सोमबार राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।

उक्त मर्यादित महिनावारी दिवसको कार्यक्रमको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले महिनावारी हुँदा महिलालाई अशुद्ध र अछुत भनि विभेद गर्नु सामाजिक अपराध भएको बताए ।

उनले महिनावारी स्वभाविक शारीरिक प्रक्रिया हुनुको साथै यो महिलाका लागि विशिष्ट अवस्था भएको र यस समयमा महिलाको उचित हेरचार र सरसफाइमा ध्यान दिनु पर्ने समेत बताए ।

महिनावारी हुने प्राकृतिक प्रकृयालाई धर्मको नाम दिएर महिलालाई अछुत र अशुद्ध बनाउनु सामाजिक अपराध भएकाले यस नियमलाई निर्मूृल पार्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा बोल्दै सभामुख महराले सबै प्रकारका विभेदहरु सामाजिक अपराध भएको घोषणा राज्यले गरिसकेकोले यस्तो प्रकारको विभेद हटाउन सम्पूृर्ण जनतामा जनचेतना फैलाउनु पर्नेमा समेत जोड दिए ।

महिनावारी हुँदा महिलालाई एउटा पशुभन्दा पनि तल गिराएर गरिने व्यवहार वास्तवमै अमानविय भएको वर्तमान युवाहरुले महशुस गरिरहँदा राजधानिमा सरकारी स्तरबाटै यस्तो कार्यक्रम गरिनु प्रशंसनिय छ । यस्तो कार्यक्रमबाट भोलीका दिनका महिलाहरुलाई गरिने अमानविय व्यवहारको निर्मूल हुन सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्