केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वास्तविक जीवनका स्पाइडरम्यानले बचाए चार तलामाथि झुन्डिएको बच्चा

सहयात्रा टिभी

एजेन्सी । जेठ–१५, फ्रान्सको पेरिसमा एक युवाले एक अपार्टमेन्टको चार तला माथि झुन्डिएका एक बच्चालाई बचाएका छन् । शनिबार रुइमाक्र्स डोर्मोएको एक अपार्टमेन्टको चौँथो तलामा झुन्डिएका एक चार वर्षीय बालकलाई युवन मामोउडु गासामा नामका एक व्यक्तिले स्पाइडरम्यानले जस्तै गरी बचाएका हुन् । अपार्टमेन्टमा कोहि नभएको अवस्थामा खेल्दै गरेको बालक बार्दलिमा झुन्डिन पुगेका थिए । बाटो हिँडिरहेका २२ वर्षीय युवनले बच्चा अपार्टमेन्टमा झुन्डिएको देखेपछि कुनै साधनको प्रयोग विना उक्त अपार्टमेन्टमा चढेर बच्चालाई बचाएका हुन् ।

जम्मा ३० सेकेन्ड लगाएर कुनै साधनको प्रयोग विना भवनमा चढि बच्चालाई बचाएका युवनलाई सबैले सिनेमाको स्पाइडरम्यानसँग तुलना गरिरहेका छन् ।

अपार्टमेन्टको बार्दलिमा बच्चा झुन्डिएको देखेपछि छिमेकिहरुले बचाउन कोसिस गरिरहेका थिए साथै उनीहरुले वायुणयन्त्रका कर्मचारीलाई सूचना पनि दिएका थिए तर उनीहरु आइपुग्नु भन्दा पहिले नै युवन बच्चालाई बचाउन सफल भए ।

उनको यो प्रशंसनिय कार्यलाई पेरिसका मेयर एन्नी हिडाल्गोले ट्विटरमा प्रशंसा र बधाई दिनुको साथै फोनबाट समेत उनलाई बधाई दिएका छन् ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्