केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सभामुख महराद्धारा झाडु लगाएर स्वच्छ वातावरण महाअभियान सुरु

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१६, सभामुख कृष्णबहादुर महराद्धारा झाडु लगाएर २०७५ को स्वच्छ वातावरण महाअभियान सुरु गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयको पहलमा बुधबारबाट सुरु गरिएको स्वच्छ वातावरण महाअभियानको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका हुन् ।

शंखपार्कको सडकमा झाडू लगाउँदै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैंबाट शुरुवात गरे गाउँ, शहर र देश नै सफा भइ स्वच्छ वातावरण निर्माणको अभियान सफल हुने बताए ।

बुधबारको सरसफाइ कार्यक्रममा सभामुख महरा लगायत वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति थियो ।

योजना बनाएर कायान्वयनका निम्ति लागी नपर्ने हो भने उद्देश्यमा पुग्न सकिन्दैन, त्यसैले योजना अनुसारको कार्यान्वयनका लागी खटिएर योजना सफल बनाउन सभामुख महराले आयोजकलाई आग्रह समेत गरे ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्