केपी ओली प्रचण्ड माधव नेपाल एमाले


११ दिनपछि खुल्यो सोलु हाइड्रोपावरमा लागेको ताला

सहयात्रा टिभी

सोलुखुम्बु । जेठ–१६, माथिल्लो हाइड्रोपावरको कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ । आयोजनाले पार्टिको नाममा सेयर जारी गरेको भन्दै स्थानियले गत जेठ ६ गते हाइड्रोपावरको फिल्ड कार्यालयमा लगाएको ताला ११ दिनपछि मंगलबार खुलेको हो ।

आयोजनाले जिल्लाका तीन ठूला पार्टिको नाममा ६ करोडको सेयर जारी गरेपछि जनप्रतिनिधिहरुसहितको स्थानीयको टोलीले स्थानीयहरुको नाममा सेयर जारी गर्न माग गर्दै ताला लगाएका थिए ।

मंगलबार प्रभावित र आयोजनाविच भएको वार्तामा आयोजनाले कुनै पार्टिको नाममा सेयर जारी नगरेको भन्दै सहमति पत्रमा स्थानियको नाममा सेयर जारी गर्ने उल्लेख गरेपछि ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिए ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्