केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सामूहिक बलात्कार गर्ने विरुद्ध मुद्दा दर्ता

सहयात्रा टिभी
पाँचथर । जेठ–१६, पाँचथरकी एक महिलाले आफुमाथि सामुहिक बलात्कार भएको भन्दै दुई युवा विरुद्ध मुद्दा दर्ता गराएकी छन् ।

पाँचथर फाल्गुनन्द गाउँपालिकाकी एक महिलाले फाल्गुनन्द गाउँपालिका–५ का विक्रम चेम्जोङ र भीम नेम्वाङले आफूलाई सामूहिक रूपमा बलात्कार गरेको भन्दै उनीहरु विरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी हुन्।

उजुरी दिएकै दिन उनीहरु विरुद्ध मुद्दा दर्ता भएको हो । आरोपी विक्रम र भीम भने फरार रहेको पाँचथर प्रहरीले जनाएको छ। पिडित महिलाको सोहि दिन स्वास्थ्य परीक्षण गराइएको प्रहरीले बताएका छन् ।

फरार अभियुक्तहरुको खोजी कार्य भइरहेको छ ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्