बैतडीमा सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा
सहयात्रा टिभी
बैतडी । जेठ–१६, गाँउमा सडकको माग गर्दै दशरथचन्द नगरपालिका–१, खालका ७८ वर्षीय वृद्ध अनशन बसेका छन् ।
गाउँमा गाडि पुगेको हेर्ने धोको भएका ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् ।
सडक निर्माणका लागी १४ लाख ५० हजार रुपैयाँ विनियोजन भएको १० महिना वितिसक्दा पनि काम सुरु नभएपछि रकम अन्तै रकमान्तरण गरिएको भन्दै हरिजितसिंह अनशन बसेका हुन् ।
सडक निर्माणका लागी रकम विनियोजन भए पनि स्थानियले जग्गा दिन नमानेपछि सडक खन्ने काम सुरु हुन नसकेको उक्त नगरपालिकाका वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए ।
हरिजितसिंह सडक निर्माण कार्य सुरु नहुँदा सम्म अनशन बस्ने बताउँछन भने वडाध्यक्ष भने जग्गावालाहरु जग्गा दिन सहमत भए काम सुरु भइहाल्ने बताउँछन् । तर जग्गावालाहरु भने पटक पटक छलफल गर्दा पनि सहमत हुन आएका छैनन् ।


