केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बैतडीमा सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा

सहयात्रा टिभी

बैतडी । जेठ–१६, गाँउमा सडकको माग गर्दै दशरथचन्द नगरपालिका–१, खालका ७८ वर्षीय वृद्ध अनशन बसेका छन् ।

गाउँमा गाडि पुगेको हेर्ने धोको भएका ७८ वर्षीय वृद्ध हरिजितसिंह टेर जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बसेका हुन् ।सडक निर्माणका लागी १४ लाख ५० हजार रुपैयाँ विनियोजन भएको १० महिना वितिसक्दा पनि काम सुरु नभएपछि रकम अन्तै रकमान्तरण गरिएको भन्दै हरिजितसिंह अनशन बसेका हुन् ।

सडक निर्माणका लागी रकम विनियोजन भए पनि स्थानियले जग्गा दिन नमानेपछि सडक खन्ने काम सुरु हुन नसकेको उक्त नगरपालिकाका वडाध्यक्ष भुवनप्रसाद भट्टले बताए ।

हरिजितसिंह सडक निर्माण कार्य सुरु नहुँदा सम्म अनशन बस्ने बताउँछन भने वडाध्यक्ष भने जग्गावालाहरु जग्गा दिन सहमत भए काम सुरु भइहाल्ने बताउँछन् । तर जग्गावालाहरु भने पटक पटक छलफल गर्दा पनि सहमत  हुन आएका छैनन् ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्