केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्पको टोकाइबाट एक किशोरीको मृत्यु

सहयात्रा टिभी

सिराहा । जेठ–१७, सिराहामा सर्पले टोकेर १६ वर्षीया किशोरीको मत्यु भएको छ । सिराहाको कल्याणपुर नगरपालिका–६, भोक्राहाकी १६ वर्षीया अमिदा खातुनको तरबुजा टिप्न जाँदा सर्पले टोकेर मृत्यु भएको हो ।

ततरा मियाँकी छोरी अमिदालाई कमला नदिको किनारामा तरबुजा टिप्न गएको समयमा विषालु सर्पले टोकेको थियो ।

उनलाई उपचारका लागी अस्पताल लान खोजिएपनि तत्काल एम्बुलेन्सको व्यवस्था हुन नसक्दा उपचारको अभावमा अमिदाले ज्यान गुमाएको कल्याणपुर नगरपालिका–६ का वडाध्यक्ष मोतिबुल राइनले जानकारी दिए ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्