केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सात महिनादेखि करारका कर्मचारीले पारिश्रमिक तलब पाएनन

सहयात्रा टिभी

संखुवासभा । जेठ–१७, सदरमुकाम खादबारीमा करार कर्मचारीहरुले सात महिना अघिदेखि तलब नपाएको गुनासो गरेका छन । सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालमा कार्यरत करारका कर्मचारीले यस्तो गुनासो गरेका हुन ।

अस्पतलमा आठ जना करार कर्मचारी कार्यरत रहेका छन । कर्मचारीहरुले दैनिक कार्यालयमा उपस्थित भएर काम गर्दै आए पनि आफ्नो परिश्रमिक तलब नपाएको कार्यालयका सहयोगी कुसाइ मरिकले बताएका छन । तलब नपाएको विरोधमा कर्मचारीहरुले बुधबार अस्पतालको सरसफाइ रोकेका  थिए।

नयाँ करार नियुक्तिपत्र नपाएसम्म काम नगर्ने भन्दै उनीहरूले सरसफाइ रोकेका हुन । गत मंसिरदेखि तलब विनै काम गर्दै आएको करारका कर्मचारीहरुले बताएको छ ।  करारका कर्मचारीले कार्यालय प्रमुखलाई भेटेर पटक–पटक तलबको माग गर्दै आए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्