केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साइबर अपराध बढ्दो, १० महिनामा उपत्यकाभित्र मात्र ११ सय ७६ उजुरी

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१७, प्रविधिको विकाससँगै दिनप्रतिदिन साइबर अपराध बढ्दै गएको छ ।

काठमाण्डौं उपत्यकाभित्र मात्र चालु आर्थिक वर्षको १० महिनाभित्र १ हजार १ सय ७६ साइबर अपराधका घटना दर्ता भएका छन् भने ५४ जनालाई मुद्दा चलाइएको छ ।

सामाजिक सञ्जालका अपराधिक घटनामा ३७ जना, अरुको पासर्पोट ह्याकिङ गर्ने २ जना, एसएमएस गरेर धम्की दिने ११ जना, एसएमएस गरेर चिठ्ठा प¥यो भनि ठगी गर्ने ३ जना र युट्युबमा अनावश्यक कुरा राखेर चरित्र हत्या गर्ने २ जना गरी जम्मा ५४ जनामाथि मुद्दा दर्ता गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

साइबर अपराध गर्नेहरु मध्ये १२ वर्षदेखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरु बढि भएको पाइएको छ ।

साइबर अपराधको पछिल्लो तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७१/७२ मा ३ सय ५ , २०७२/७३ मा ८ सय ३० र २०७३/७४ मा ११ यस ९७ साइबर अपराधको उजुरी परेको थियो ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्