केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डान्स बारबाट ३९ बालबालिकाको उद्धार

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१७, प्रहरीले काठमाडौंका विभिन्न डान्सबारहरुमा छापा मारि ३९ बालबालिकाहरुको उद्धार गरेको छ । गोगंवु, ठमेल, कोटेश्वर, वानेश्वर, बालाजु, लगायतका क्षेत्रमा संचालित होटल र डान्स रेष्टुरेन्टहरुमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर ३९ जना बालबालिकाको उद्धार गरेको हो ।

उद्धार गरिएका बालबालिकाहरु मध्ये ६ जनालाई सिविन नेपालमा र ३२ जनालाई माइती नेपालमा पठाइएको छ ।

प्रहरीले वेवो डान्स रेष्टुरेन्ट, रिभर साइड डान्स रेष्टुरेन्ट, रक डान्सबार, टाइगर टप रेष्टुरेन्ट, न्यु टाउन रेष्टुरेन्ट एण्ड बार आदिमा छापा मारेको थियो ।

डान्सबार तथा रेष्टुरेन्टहरुमा बालबालिकाहरुलाई जवरजस्ती काम लगाउने, शारीरिक एवम् मानसिक दुर्व्यवहार गर्ने, पारिश्रमिक नदिने, कुटपिट तथा डर त्रास देखाई काम गर्न लगाएको भेटिएको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

प्रकाशित : 31 May, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्