=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


ज्यान लिने धम्कीसहित प्रेमीलाई ६५ हजार म्यासेज

सहयात्रा टिभी

एजेन्सी । जेठ–१७, एरिजोनाको फोनिक्सकी बासिन्दा ज्याकलिन एडेसले आफुले एक तर्फी प्रेम गरेको प्रेमीलाई एक वर्षमा ६५ हजार म्यासेज गरेकी छन् । उनले एक दिनमा ५००० सम्म पनि म्यासेज गरेकी थिइन् ।

उनका म्यासेजहरु कुनै प्रेम पूर्ण हुन्थे भने कुनै धम्किवाला र कुनै अनौठा प्रकार थिए ।

उनलाई गत मे ८ मा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायतका अभियोग छ । उनले पहिलो पटक डेटिङ गएपछि उक्त युवक मन परेको र उहीसँग जीवन विताउने मन भएको बताएकी छन् ।

उनले कुनै म्यासेजमा आफुलाई छाडेमा ज्यान लिने धम्की समेत दिएकी थिइन भने कुनै म्यासेजमा आफु हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको पनि भनेकी छन् ।

उनको यस्ता अनौठा र आपत्तिजनक म्यासेज मात्र होइन पछिल्लो समय उनले अनौठो व्यवहार नै देखाउन थालेपछि उनको त्यस्तो हर्कतबाट बच्न युवकले प्रहरीकै सहायता लिनु परेको हो ।

पछिल्लो समयमा ती महिलाले ती पुरुषको अफिसमा गएर सबैलाई उनको पत्नी भनेर आफ्नो परिचय समेत दिएकी थिइन् । त्यतिमात्र नभइ उनी एक्कासी ती पुरुषको घरमा गई बाथरुममा नुहाएकी पनि थिइन् ।

लक्जी नामक अनलाइन डेटिङ साइटमा भेटिएका ती पुरुषसँग एक दिन डेटिङ समेत गएकी ति महिलाले उक्त पुरुषलाई धेरै माया गर्ने र त्यसमा आफ्नो कुनै स्वार्थ नरहेको बताएकी छन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्