केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ज्यान लिने धम्कीसहित प्रेमीलाई ६५ हजार म्यासेज

सहयात्रा टिभी

एजेन्सी । जेठ–१७, एरिजोनाको फोनिक्सकी बासिन्दा ज्याकलिन एडेसले आफुले एक तर्फी प्रेम गरेको प्रेमीलाई एक वर्षमा ६५ हजार म्यासेज गरेकी छन् । उनले एक दिनमा ५००० सम्म पनि म्यासेज गरेकी थिइन् ।

उनका म्यासेजहरु कुनै प्रेम पूर्ण हुन्थे भने कुनै धम्किवाला र कुनै अनौठा प्रकार थिए ।

उनलाई गत मे ८ मा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायतका अभियोग छ । उनले पहिलो पटक डेटिङ गएपछि उक्त युवक मन परेको र उहीसँग जीवन विताउने मन भएको बताएकी छन् ।

उनले कुनै म्यासेजमा आफुलाई छाडेमा ज्यान लिने धम्की समेत दिएकी थिइन भने कुनै म्यासेजमा आफु हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको पनि भनेकी छन् ।

उनको यस्ता अनौठा र आपत्तिजनक म्यासेज मात्र होइन पछिल्लो समय उनले अनौठो व्यवहार नै देखाउन थालेपछि उनको त्यस्तो हर्कतबाट बच्न युवकले प्रहरीकै सहायता लिनु परेको हो ।

पछिल्लो समयमा ती महिलाले ती पुरुषको अफिसमा गएर सबैलाई उनको पत्नी भनेर आफ्नो परिचय समेत दिएकी थिइन् । त्यतिमात्र नभइ उनी एक्कासी ती पुरुषको घरमा गई बाथरुममा नुहाएकी पनि थिइन् ।

लक्जी नामक अनलाइन डेटिङ साइटमा भेटिएका ती पुरुषसँग एक दिन डेटिङ समेत गएकी ति महिलाले उक्त पुरुषलाई धेरै माया गर्ने र त्यसमा आफ्नो कुनै स्वार्थ नरहेको बताएकी छन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्