केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जहाँ एक रातको लागी मात्र विवाह गरिन्छ

सहयात्रा टिभी

एजेन्सी । जेठ–१७, चीनको शीलिंग घाटीका जनजातिहरुमा एक दिनको लागी मात्र विवाह गर्ने परम्परा रहेको छ । यस ठाउँको संस्कार अनुसार नव विवाहित जोडि केहि घण्टाको लागी मात्र सँगै बस्न पाउँछन् ।

दुवै जना राजि भएमा उनीहरु एक दिन सम्म सँगै रहन सक्छन् ।

शीलिंग घाटीका बासिन्दाहरुले पहिले देखि नै यो परम्परालाई जस्ताको तस्तै मनाउँदै आएका छन् । याँहा दुलही हुने युवतीहरुले आफ्नो ठाउँमा आएका पर्यटकहरुमध्ये कसैसँग पनि यस प्रकारको विवाह गर्न सक्ने व्यवस्था हुन्छ ।

त्यस ठाउँ घुम्न जाने पर्यटकहरु पनि यो परम्परालाई रमाइलोका साथ मनाउन मन पराउँछन् ।

यस ठाउँका युवतीहरु नदीका किनारामा छाता ओढेर बसिहरेका हुन्छन् । जब पर्यटकहरु आउँछन् ती युवतिले उनीहरुलाई घर लिएर जान्छिन् । घर पहिले नै सिंगारिएको हुन्छ र आँगनमा डोली राखिएको हुन्छ ।

पर्यटकहरुसहित युवती घर पुगेपछि युवतीका पिताले पर्यटकहरुलाई आफ्नो त्यस प्रकारको विवाहको बारेमा जानकारी दिन्छन् । त्यसपछि दुलही हुने ती युवतीले रातो कपडा पर्यटकहरु तिर फाल्छिन । उक्त कपडा जुन पर्यटकलाई पर्छ त्यही व्यक्ति दुलाह हुनु पर्छ ।

विवाह सम्पन्न भएपछि सोहि घरमा दुलाहदुलहीलाई केहि समयको लागी सुहागरात मनाउन समय दिइन्छ । दुलाहदुलही दुवै राजी भएमा उनीहरु १ दिन सम्म सँगै बस्न पाउँछन् तर अर्को दिनबाट भने उनीहरु सँगै बस्न पाउँदैनन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्