केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डडेल्धुरामा हतियारसहित चार जना पक्राउ

सहयात्रा टिभी

डडेल्धुरा । जेठ–१७,डडेल्धुरामा अवैधरूपले लिइएका तीन थान भरुवा बन्दुकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चार जनालाई प्रहरी कार्यालय डडेलधुराले सार्वजनिक गरेको जनाइएको छ ।

अवैध भरुवा बन्दुक घरमा लुकाई छिपाई राखेको अवस्थामा गन्यापधुरा–३ का केशबबहादुर शाही, टेकबहादुर भुल र कर्णबहादुर भुल र शकंरबहादुर शाहीलाई अवैध हातहतियार लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउन सहयोग गरेका थिए । पक्राउ परेकासँग लाइसेन्स छ भन्ने पनि सुनिएको प्रहरी नायव उपरीक्षक जोशील बताए । अपराधिको अनुसन्धन भइरहेको जोशीले बताएका छन ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्