केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिशहोमको रमाईलो टि.भि मा अन्तराष्ट्रिय रियालिटि शो “Voice of Nepal” प्रशारण हुँदै

सहयात्रा टिभी


काठमाण्डौं । जेठ–१७, आगामी श्रावणको पहिलो हप्ताबाट डिशहोमको रमाईलो टि.भि मा नेदरल्याण्डको बहुचर्चित गायन रियालिटि शो “The Voice” को नेपाली सस्ंकरण “Voice of Nepal” प्रशारण हुने भएको छ ।
नेपालमा अन्तराष्ट्रिय रियालिटि शोको लोकप्रियता बढ्दै गएको अवस्थामा ए.डि रिलिज प्रा.लि. संग डिशहोमले कार्यक्रम प्रायोजनको सम्झौता गरी उक्त रियालिटि शो प्रशारण गर्न लागेको हो ।

रमाईलो टि.भि मार्फत प्रशारण गर्न लागिएको उक्त शो प्रथम संस्करणमा ३० भागसम्म प्रशारण हुनेछ । डिजिटल प्रविधिबाट ग्राहकहरुमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोमले ग्राहकहरुको चाहानाअनुसारको कार्यक्रमहरु प्रशारण गर्छ । ग्राहकहरुलाई मानोरञ्जन प्रदान गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु प्रशारण हुने डिशहोमको रमाइलो टि.भि मा अब भने नेपालीहरुको इच्छा अनुसारको अन्तराष्ट्रिय रियालिटि शो प्रशारण गरिन लागीएको हो ।यस अघि सम्म नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेलिश्रृंखला, सांगितिक कार्यक्रम, जिवनकथा लगायत विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण भैरहेको रमाईलो टि.भि मा ग्राहकहरुको थप मनोरञ्जनका लागी उक्त रियालिटि शो प्रशारण गर्न लागीएको डिशहोमले जनाएको छ । उक्त शोबाट ग्राहकहरुलाई प्रशस्त मानोरञ्जन प्रदान गर्न सकिनेमा डिशहोम आशावादि रहेको देखिन्छ ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्