केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सनाखत हुन नसक्दा मृत बालिकाको प्रहरीद्धारा दाहसंस्कार

सहयात्रा टिभी
गुल्मी । जेठ–२०, बिहीबार मृत फेला परेकी बालिकाको पहिचान हुन नसकेपछि प्रहरीले आज दाहसंस्कार गरेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामको ढोड पहिरोमा मृत अवस्थामा फेला परेकी बालिकाको चार दिन सम्म पनि पहिचान हुन नसकेपछि प्रहरीले नै दाहसंस्कार गरेको हो ।

लगभग ११/१२ वर्षकी बालिकाको सव सडेको अवस्थामा गुल्मीको धुर्कोट गाउँपालिका ७ वाग्लामको ढोड पहिरोमा स्थानीयले फेला पारेका थिए । उनको पहिचानको निम्ति जिल्लाभरि खबर पु¥याइए पनि कतैबाट कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।

चारदिनसम्म जिल्ला अस्पतालमा राखिएको बालिकाको सवको पहिचान हुने कुनै सम्भावना नदेखेपछि पोष्टमार्टम गरेर दाहसंस्कार गरिएको प्रहरी उपरीक्षक द्विवेदेले जनाए ।

प्रकाशित : 3 June, 2018

प्रतिक्रिया दिनुहोस्