केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यात्रुको दुर्गन्धले अन्य यात्रु बेहोस भएपछि विमान तत्काल अवतरण

सहयात्रा टिभी

एजेन्सी । जेठ–२०, स्पेन जाँदै गरेको नेदरल्याण्डको ट्रान्साभिया एयरलाइन्सको विमानमा एक पुरुषबाट आएको दुर्गन्धको कारण अन्य यात्रुमा नराम्रो प्रभाव परेपछि विमान पोर्चुगलमा आपतकालीन ल्याण्डिङ गर्नुपर्यो ।

उक्त पुरुषबाट आएको दुर्गन्धका कारण केहि यात्रुहरु बेहोस नै भएपछि विमान तत्काल अवतरण गरिएको हो ।

बेल्जियनका पिट भान हाउट नामका एक यात्रुबाट आएको गन्धका कारण कोहि बेहोस भए भने कोहिले वान्ता समेत गरेका थिए । उक्त व्यक्तिबाट आएको गन्धबाट धेरै अन्य यात्रुहरु बिरामी परेको फक्स न्यूजले बताएको छ । ती व्यक्तिबाट हप्तौँसम्म ननुहाउँदा आउने दुर्गन्ध जस्तो आएको र अन्य यात्रुहरुलाई गाह्रो भएको विमानका कर्मचारीको भनाइ छ । विमानलाई पोर्चुगलमा अवतरण गराएपछि ती व्यक्तिलाई विमानबाट निकालेर एक बसमा स्वास्थ्यकर्मीसँग पठाइएको छ ।

प्रकाशित : 3 June, 2018

प्रतिक्रिया दिनुहोस्