फोटोमा छोरा पछाडि अर्को बच्चा देखिएपछि
एजेन्सी । जेठ–२०, छोराको फोटो पछाडि अर्को भुत जस्तै देखिने अपरिचित बच्चा उभिएको र उसको हात आफ्नो छोराको काँधमा देखिएपछि एक महिला तनावग्रस्त छिन् ।
सोमबार नर्थम्बरल्याण्डस्थित प्लेसी वुड्स कन्ट्री पार्कमा परिवारसँग पिकनिक गएका बेला खिचेका थुप्रै तस्बिरमध्ये एउटा तस्बिर अनौठो देखेपछि लाउरा नामकी महिलाको भोक निन्द्रा सबै टुटेको हो ।
पिकनिकमा लाउराको ९ वर्षीय छोराले बाइरिन वाट्सन रुखमुनी अडेस लगाएर फोटो खिचाएका थिए । लाउराले त्यो फोटो घर आएर हेर्दा बाइरिनको पछाडि अर्को बालकको फोटो देखेपछि उनी तर्सिएकी हुन् । त्यहाँ उनीहरुबाहेक अन्य कोही व्यक्ति नभएको उनको दाबी छ । भुतमा विश्वास नगर्ने उनले यो फोटो देखेपछि भने भुतमा विश्वास भएको र भुत बारे जान्न रुचि बढेको बताएकी छन् ।
त्यो बच्चाले आफुहरुलाई घर सम्म पछ्याएको छ कि भन्नेमा भने उनी त्रसित छिन् । श्रीमानको काम रातिको परेकाले रातमा आमा छोराछारीमात्र घरमा बस्दा रातभर डरले निदाउन नसकेको उनको भनाई छ ।