केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनकुटामा निशुल्क औषधी वितरण

सहयात्रा टिभी

धनकुटा । जेठ–२०, रोटरी क्लब अफ इटहरी र रोट्र¥याक्ट क्लब अफ इटहरीले धनकुटामा ८ लाख मुल्य बराबरको औषधी निशुल्क वितरण गरेको छ । रोटरी क्लब र रोट्र¥याक्ट क्लबले धनकुटाको पाख्रिबासमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरी निशुल्क औषधी वितरण गरेको हो ।

उक्त स्वास्थ्य शिविरमा २७० विरामीले स्वास्थ्य जाँच गराइ औषधी लिएको कार्यक्रम संयोजक कृष्णराज श्रेष्ठले जानकारी दिए ।दुइ दिनसम्म चलेको उक्त स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा, हाडजोर्नी, मुटु तथा गाइनोका बिरामी आएका थिए ।

क्लबले शिविरमा उपचारका लागी आएका स्थानीयहरुलाई ५ लाखको र स्थानीय स्वास्थ्य चौकीमा ३ लाख रुपैँया बराबरको औषधी वितरण गरेको थियो । शिविरका लागी नोबेल मेडिकल कलेज, धनकुटा उद्योग बाणिज्य संघ र पाख्रिवास नगरपालिकाले सहयोग गरेको थियो ।

प्रकाशित : 3 June, 2018

प्रतिक्रिया दिनुहोस्