केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वडाअध्यक्ष विद्युत चोर्दै गर्दा रङ्गेहात पक्राउ

सहयात्रा टिभी

बर्दीया । जेठ–२१, बर्दियाको मधुवनी नगरपालिका–२ का वडा अध्यक्ष विद्युत चोर्दै गर्दा रङ्गेहात पक्राउ परेका छन् । आइतबार राती १० बजेतिर हुकिङ गरेर विद्युत चोरी गरिरहेको अवस्थामा वडाअध्यक्ष पहाडि थारुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

उनले चोरी गरेको विद्युतबाट घरमा तिनवटा सिएफएल चिम र पानी तान्ने मेसिन चलाउने गरेका थिए । वडाअध्यक्ष थारुले इज्जत बचाइदिन आग्रह गरेपछि जरीवाना तिराएर प्रधिकरणले उनलाई छाडेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक अधिकृतले बताएका छन् । प्राधिकरणका अनुसार वडाध्यक्ष थारुले आठ हजार एक सय उनान्सय रुपैँया जरिवाना तिरेका छन् ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्