केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इन्धन सस्तो हुँदा तस्करी भइरहेको छ : आपूर्ती मन्त्री यादव

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२१, नेपालमा इन्धन सस्तो हुँदा तस्करी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले बताएका छन् । आज संसद बैठकमा बोल्दै मन्त्री यादवले भारतमा भन्दा नेपालमा पेट्रोल २२ र डिजल २५ रुपैँयाले सस्तो भएकाले इन्धनको तस्करी भएको बताएका हुन् ।

हाल भएको मुल्य वृद्धि पछि पनि आयल निगमलाई ३७ करोड घाटा भएको मन्त्री यादवले बताएका छन् । मन्त्री यादवले विगतमा पेट्रोलियम पदार्थको मूल्यमा राजनीति हुँदा आयल निगम करोडौं घाटामा गएको र तेलको भुक्तानी दिन नसक्दा सरकार जमानी बसेर ऋण खोजिदिनुपर्ने अवस्था रहेको समेत जानकारी गराएका छन् ।

नेपालमा तेलको मुल्य सस्तो हुँदा याहाँबाट तस्करी भएर भारतमा तेल गएकाले नेपालको आयल निगम घाटामा गएको र त्यसलाई केहि हद सम्म सन्तुलनमा ल्याउन तेलको मुत्य वृद्धि गरिएको मन्त्री यादवको भनाइ छ ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्