रोनाल्डोका नयाँ बडीगार्ड, बुलफाइटर

एजेन्सी । जेठ–२१, पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रुसमा हुने फिफा वर्ल्ड कपका लागि एक बुलफाइटरलाई बडीगार्डमा नियुक्त गरेका छन् । आइएसआइएससहित विभिन्न चरमपन्थी संगठनको धम्कीपछि रोनाल्डोले बुलफाइटर नुनो मारेकोसलाई बडिगार्डमा नियुक्त गरेका हुन् ।
नुनो मारेकोस एक बुलफाइटरका साथै मिक्स्ड मार्शल आर्टस् (एमएमए) फाइटर पनि हुन् । पहाडजस्तो शरिर भएका नुनोको उचाई ६ फिट दुई इन्च छ । उनी नाङ्गो हातले आधा टनको साँढेलाई चुनौती दिन सक्छन् । यसपटक रुसमा हुन लागेको वल्र्ड कपको लागी उनलाई रोनाल्डोको अंगरक्षकको रुपमा नियुुक्त गरिएको छ ।
यस भन्दा पहिले पनि उनी किवमा खेलिएको च्याम्पियन्स लीग फाइनलका बेला रोनाल्डोका बडिगार्डको रुपमा देखिएका थिए । रोनाल्डो पनि बुलफाइट अत्यन्तै हेर्ने गर्छन । बुलफाइट हेर्दा नुनोको साहस देखेपछि रोनाल्डोले उनलाई आफ्नो अंगरक्षक बनाउने निणर्य गरेका हुन् । अब नुनो जस्तो बलियो र साहसी मान्छे आफ्नो अंगरक्षक भएपछि आफुलाई कसैले केहि गर्न नसक्नेमा रोनाल्डो विस्वस्त छन् ।